कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा | Khabarhub Khabarhub

कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध मलावीका एक सैनिकको ज्यान गएको थियो ।

राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा परिषदका सदस्य राष्ट्रहरुले शान्ति अभियानका सैनिकमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानुन बमोजिम युद्ध अपराधका रुपमा लिइने उल्लेख छ । आक्रमणको अनुसन्धान गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन पनि कङ्गोको सरकारसँग अनुरोध गरिएको छ ।

मोनुस्को नामको यस शान्ति अभियानलाई तोकिएका जिम्मेवारी पूरा गर्न र राष्ट्रसंघीय शान्ति सैनिकको सुरक्षालाई ध्यान दिन पनि कङ्गो सरकारलाई आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा मोनुस्का अभियानमा सैनिक र प्रहरी पठाएर मद्दत गर्ने राष्ट्रहरुप्रति सुरक्षा परिषदले आभार पनि व्यक्त गरेको जनाइएको छ ।(रासस–सिन्ह्वा)

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ४ : १४ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ