काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने | Khabarhub Khabarhub

काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमितको बिरामी ह्वात्तै बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमितहरूको चापलाई मध्यनजर गरेर सबै सरकारी अस्पतालहरूलाई कोभिड अस्पताल बनाउने निर्णय भएको जानकारी दिए ।

साथै निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले बताए।

अर्यालले संक्रमितको संख्या ह्वात्तै बढेका कारण अक्सिजनको अभाव रहेको भन्दै अक्सिजन उत्पादन नबढाएसम्म त्यो चुनौती कायम रहने जनाए । उनले काठमाडौँमा भएको उद्योगहरूबाट ८ हजार र अस्पतालहरूबाट २ हजार गरी दश हजार सिलिन्डर उत्पादन हुने तर माग भने करिब १५ हजार सिलिन्डर रहेको बताए । त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले जनाए ।

उनले केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने पनि बताए । काठमाडौंमा अहिले टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन रहेको उनले जनाए ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : १२ बजे

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

खोटाङमा नदी आसपासका स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले नदी आसपासमा बसोबास गर्ने

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा

जनार्दन पक्षका विद्यार्थी भन्छन् : सम्मेलन बिथोल्न प्रचण्डकै भूमिका छ

काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (अखिल क्रान्तिकारी)को २३

१६ बर्षपछि पर्दामा निरुता सिंह र उत्तम प्रधानको जोडी

काठमाडौं – अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधानको जोडी