रुपन्देही र दाङमा मात्रै ३१ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

रुपन्देही र दाङमा मात्रै ३१ संक्रमितको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र दाङका विभिन्न अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष र कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत १४ सङ्क्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार मृत्यु भएकामध्ये आठ जना रुपन्देहीका छन् ।

दाङमा मात्रै १७

दाङमा बितेको २४ घण्टामा १७ कोरोनाका बिरामीको मृत्यु भएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आज मृत्यु हुनेमा घोराहीका पाँच, तुलसीपुरका आठ, लमहीका दुई तथा गढवा र दंगीशरणका एकएक छन् ।

आज मृत्यु हुनेमा कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ र होम आइसोलेशनमा बसेका पाँच जना छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई, लमहीमा होम आइसोलेशनमा बसेका एक तथा लमही अस्पताल र घोराहीको गायत्री अस्पतालमा उपचाररत एकएक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४८ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय