कोरोना संक्रमित एमाले नेता चौलागाईंको निधन « Khabarhub

कोरोना संक्रमित एमाले नेता चौलागाईंको निधन


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ। मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको मंगलबार राति निधन भएको हो ।

नेता चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता चौलागाईंको निधनमा एमालेका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिएका छन् ।

कोरोना जित्ने विश्वास थियो । तर विश्वासले हार खायो । भावपूर्ण श्रद्धान्जली कमरेड पशुपती चौलागाई । शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ।
चार दशक लामो सहकार्यको संझना रहीरहनेछ ।

Posted by Shankar Pokhrel on Tuesday, 11 May 2021

 

अलविदा पशुपति चौलागाईं दाई ! मनमोहन अस्पतालमा १५ मिनेट अघि उहाँको कोरोनाका कारण निधन भएको छ । नेकपा एमालेले एकजना असल नेता गुमाएको छ ।

Posted by Ganesh Panday on Tuesday, 11 May 2021

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४२ बजे

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म