डा. बाबुराम भट्टराईको प्रस्ताव : सर्वदलीय सरकार बनाऔँ, एक वर्षभित्रमा चुनाव गरौँ « Khabarhub

डा. बाबुराम भट्टराईको प्रस्ताव : सर्वदलीय सरकार बनाऔँ, एक वर्षभित्रमा चुनाव गरौँ


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सर्वदलीय सरकार बनाएर एक वर्षभित्रमा चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् ।

उनले सरकारको नेतृत्वमा नयाँ व्यक्ति ल्याउनुपर्ने पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् ।

संविधानको धारा ७६ (२) अनुसार सरकार बन्नुपर्ने भट्टराईको भनाइ छ। यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिन सकेका थिएनन्। यससँगै ओलीको प्रधानमन्त्री पद स्वत: गएको थियो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसअघि नै पटकपटक प्रधानमन्त्री भइसकेका छन्।

भट्टराई पनि यसअघि नै प्रधानमन्त्री भइसकेका छन्। उनले ओली, देउवा, प्रचण्ड र आफूसमेत प्रधानमन्त्री नहुने गरी नयाँ विकल्प खोज्नुपर्ने प्रस्ताव अगाडि सारेका छन्। उनको प्रस्ताव अनुसार अब आफ्नै दलका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा सरकार बनाउन खोजेको देखिएन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : २२ बजे

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली

‘गौँथली’को व्यापार २५ करोड, ‘हली’ र ‘लज्जावती’को विजोग

काठमाडौं – फिल्म ‘गौँथली’ले ब्ल्कबस्टर व्यापार गर्दा अन्य दुई फिल्म

आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिकाको सहमति

गोरखा– गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत अस्पतालको