‘डन’लाई अमिताभले अण्डरवेयर बुझेपछि… « Khabarhub

‘डन’लाई अमिताभले अण्डरवेयर बुझेपछि…


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– ‘डनको पखाइ ११ मुलुकका प्रहरीले गरिरहेका छन्’ सन् १९७८ मा रिलिज अमिताभ बच्चनको ब्लकबस्टर फिल्म ‘डन’को यो आइकोनिक संवादलाई कसले बिर्सन सक्ला र ।

७० को दशकमा बनेको ‘डन’ले अमिताभलाई ‘एंग्री यङ मेन’को नयाँ छवि दिलायो । तर के तपाईंलाई थाहा छ फिल्मको नाम अमिताभले पहिलोपटक सुन्दा उनलाई यो कुनै अण्डरवेयरको नाम होला भन्ने ठानेका थिए ।

आजतकका अनुसार फिल्मले बुधबार ४३ वर्ष पुरा गरेको छ । केही वर्ष अघि अमिताभले ‘डन’को किस्सा आफ्नो ब्लगमा लगेको थिए ।

‘‘डन’ एक यस्तो नाम थियो, जसलाई बजारमा कुनै अनुमति मिलेको थिएन । उनीहरुले कहिल्यै यसको मतलब के थियो भन्ने बुझ्न सकेनन् । उनीहरुलाई ‘डन’ जस्तो नाम कुनै हिन्दी फिल्मका लागि सही छ भन्ने पनि थाहा पाएनन् । कतिपयलाई त यो हाँस्यास्पद शीर्षक नै लाग्यो’, उनले लेखेका छन् ।

अमिताभलाई फिल्मको नाम सुन्दा कुनै अण्डरवेयर ब्राण्डको नाम जस्तो लागेको थियो । ‘त्यो समय एक प्रख्यात ब्राण्डको स्याण्डो र अण्डरवेयर कम्पनीको नाम ‘डन’ थियो । बजारमा सबै त्यही कम्पनीको नाम लिन्थे, जुन सुन्दा फिल्मकै जस्तो लाग्थ्यो । यस्तो बेला कुनै फिल्मको यस्तो नाम दिनु अण्डरगारमेण्टलाई भनेजस्तै थियो’,उनले लेखेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : १० बजे

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने

राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी काम गर्नुपर्छ : प्रहरी महानिरीक्षक

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको अपेक्षाअनुरूप

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली