रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित | Khabarhub Khabarhub

रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन् । युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे । सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।

रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे ।

यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए । जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए ।

यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : ४० बजे

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौं– विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश

अझै पाएनन् किसानले दूधको भुक्तानी  

कञ्चनपुर– दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको पैसा भुक्तानी

कम्बोडियाबाट थाइल्यान्डमा युद्ध विरामको प्रस्ताव

काठमाडौं – सीमामा थाइल्यान्डसँग भएको दुई दिनको झडपपछि कम्बोडियाले युद्ध

खडेरीले रोपाे सुक्न थालेपछि किसान चिन्तित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा मनसुनी वर्षा पूर्ण रूपमा सक्रिय

बिग बोस १९ को आधिकारिक घोषणाः शोमा नयाँ ट्विस्ट र लोगो सार्वजनिक

काठमाडौं – बलिउडको चर्चित कन्ट्रोभर्सी रियालिटी शो बिग बोस को