डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’ | Khabarhub Khabarhub

डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।

सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटक यही शुक्रबार साँझ ५ बजे प्रिमियर हुनेछ ।

नाटक दुई वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्ल्यासब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा दर्शकले हेर्न पाउनेछन् ।

दयाहाङका अनुसार मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।

‘पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ । तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ’, दयाहाङ भन्छन् ।

यो नाटक सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । नाटक डिजिटल प्लेटफर्मबाट सार्वजनिक हुने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको छ । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ ।

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकमा शैलेन्द्रध्वज कार्कीको छायांकन, बेनुका राईको संगीत छ । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

नाटक प्रिमियर पश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिनेछ । अन्र्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ५० बजे

गृहमन्त्री अर्यालले प्रहरीलाई भने- उच्च मनोबलका साथ काममा खट्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक

जेन-जी सहिदको शवयात्रा : ६ जनाको शव हेलिकप्टरबाट काठमाडौं बाहिर लगिने (तस्बिरहरू)

काठमाडौं– भदौ २३ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका जेन-जी

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका