चितवनमा निषेधाज्ञा  जेठ १३ सम्म लम्ब्याउन सिफारिस « Khabarhub

चितवनमा निषेधाज्ञा  जेठ १३ सम्म लम्ब्याउन सिफारिस


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चितवनमा निषेधाज्ञा लम्ब्याइने भएको छ । कोरोना संक्रमितको दर नघटेपछि निषेधाज्ञा लम्ब्याइने भएको हो ।

पहिलो चरणको निषेधाज्ञा भोलि वैशाख ३१ गते सकिदैँ छ।

जिल्लास्थित सरोकारवालाहरुको बैठकले निषेधाज्ञा थप्न जिल्ला प्रशासनलाई सिफारिस गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जेठ १३ गतेसम्म निषेधाज्ञा गर्न सिफारिस भएको जानकारी दिए।

सिफारिस अनुसार निर्णय गर्ने प्रशासनले जनाएको छ।

अबको निषेधाज्ञा थप कडाइ हुने उनको भनाइ छ। पसलहरु पनि हप्ताको केही दिन मात्र खोल्ने गरी निषेधाज्ञा जारी गरिन लागिएको छ।

जिल्ला समन्वय प्रमुख, स्थानीय तहका प्रमुखहरु, सुरक्षाकर्मी लगायतको बैठकले निषेधाज्ञा समय थपका लागि सिफारिस गरेको हो।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ४५ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड