भारतीय युट्युबमा आउदै ‘वीर विक्रम २’ | Khabarhub Khabarhub

भारतीय युट्युबमा आउदै ‘वीर विक्रम २’


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कुनै समय नेपाली फिल्मको छायांकन पछि त्यसको पोस्ट प्रोडक्सनको काम भारतको मुम्बईमा गरिन्थ्यो । अहिले त्यसको ठिक विपरित सबै काम नेपालमै गरिन्छ ।

पछिल्लो समयमा नेपालमा निर्माण भएका केही फिल्मले भारतमा प्रदर्शनको प्रयास गरिरहेका छन् । यही क्रममा सन्तोष सेनको फिल्म ‘प्रेमगीत ३’ र निर्माता तथा निर्देशक मिलन चाम्सको फिल्म ‘वीर विक्रम २’ भारतमा प्रदर्शनका लागि कम्मर कसेर लागेका छन् ।

निर्देशक चाम्सकाअनुसार उनले भारतका थिएटरमा ‘वीर विक्रम २’ रिलिज गर्न दुई वर्ष अगाडि मुम्बईमा फिल्मको हिन्दी डबिङ गरेका थिए । ‘हामीले कोरोना अघि नै भारतमा फिल्म प्रदर्शनको तयारी गरेका थियौं । तर महामारीका कारण त्यो तयारीलाई पूर्णता दिन पाएनौं’, निर्देशक चाम्सले भने ।

उनले भारतीय यूट्युब च्यानलबाट फिल्म रिलिज गर्ने बताए । एक महिनाभित्र फिल्मको हिन्दी डब यूट्युबमा रिलिज हुने चाम्सको भनाई छ । भारतमा दर्शकको संख्या उल्लेख्य रहेकाले पनि फिल्म मनपराउनेमा उनी आशावादी छन् ।

उनले आफ्नो फेसबुकमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल शाहबीचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गरेका छन् ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा बोल्ने फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारीलगायतको अभिनय छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ३ : ४६ बजे

फिल्म ‘बलिदान’को गीत सार्वजनिक, आमाको भूमिकामा हुन् ऋचा ?

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन

टिचिङ अस्पतालबाट जेन-जी प्रदर्शनका शहिदहरुको शवयात्रा सुरु 

काठमाडौं– जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते

‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका

इटहरीको कार्यपालिका बैठक भुईँमै बस्यो 

काठमाडौं– इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठक भुईँमा बसेको छ । महानगरको

लुटपाट गरेको दुई लाख नगद र सुनचाँदी फिर्ता

नेपालगन्ज– बाँकेको कोहलपुर नगरपालिका-११ स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको आगजनीपछि