व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन : प्रहरी « Khabarhub

व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लगिएको छैन : प्रहरी


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले व्यक्तिगत प्रयोजनका लागि अक्सिजन सिलिन्डर लैजाने गरेको भन्ने आरोपको खण्डन गरेको छ ।

नेपाल प्रहरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अक्सिजन सिलिन्डर प्रहरीले व्यक्तिगत प्रयोजनका लागि नलगेको र त्यस्तो आरोप मिथ्या भएको उल्लेख गरेको हो ।

महानिरीक्षकको सचिवालयका प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै प्रहरीले व्यक्तिगत प्रयोजनका लागि सिलिन्डरहरू लैजाने गरेको भन्ने जस्ता कपोलकल्पितः आरोपमा कुनै सत्यता नभएको र विषम घडीमा पनि निष्ठतापूर्वक अहोरात्र खटिने संगठनमाथि यस्ता भ्रामक, अतिरञ्जित आरोप लगाईनु आफैंमा दुःखद रहेको बताएका छन् ।

बिहीबार काठमाडौंको ट्रमा सेन्टरका निर्देशक सन्तोष पौडेलले फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीका उच्च अधिकारीहरूले नै अक्सिजन लग्दा ट्रमा सेन्टरले पाउनुपर्ने अक्सिजन नपाएको बताएका थिए । उनले अक्सिजन कम्पनीका मालिकसँग भएको कुराकानी आफ्नो स्टाटसमा लेखेका थिए । तर, प्रहरीले भने प्रहरी विरुद्धका केही व्यक्तिगत आवेगमा लेखिएका भनाइ र सत्यरहित सूचना सामाजिक सञ्जालमा अनर्गल प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्तो छ प्रेस विज्ञप्ति

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ३० बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व