कोरोना संक्रमितलाई अक्सिजन सहयोग गर्दै सञ्चारकर्मी लामिछाने « Khabarhub

कोरोना संक्रमितलाई अक्सिजन सहयोग गर्दै सञ्चारकर्मी लामिछाने


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चारकर्मी रवि लामिछानेले अक्सिजन नपाएका संक्रमितहरुका लागि आफ्नो फाउन्डेसनबाट सहयोग जारी रहेको बताएका छन् ।

विभिन्न ठाँउहरुबाट अक्सिजनका सिलिन्डर संकलन गरी त्यसमा अक्सिजन भरेर गरिब तथा निम्न आयस्रोत भएका कोरोना संक्रमितहरुलाई सहयोग गर्दै आएको उनले बताएका हुन् ।

आफूले जिम्मा लिएको जुम्लाको जनमैत्री अस्पतालमा रबि लामिछाने फाउन्डेसनमार्फत सहयोग जारी राखिएको समेत उनले बताए ।

उनले भने,‘ पूर्वाधार अभावका कारण बेड भएपनि अस्पताल बन्द थियो । कोरोना संक्रमितका विरामीहरुको चाप बढ्दै गएपछि अस्पतालाई आवश्यक पर्ने पूर्वाधार सामाग्रीहरु सहयोग गर्ने जिम्मा लिएर अस्पताल सञ्चालन गर्न लगाएको छु’, उनले भने, ‘तपाईंहरु उपचार गर्नुहोस् म आवश्य सामाग्री जुटाउँछु भनेको छु ।’

उनकाअनुसार अहिले विभिन्न ठाँउमा गएर अक्सिजनका खाली सिलिण्डर संकलन गर्ने र पलान्टमा लगेर अक्सिजन भरेर ल्याएर विरामीलाई बचाउने काम भइरेको छ ।

यसरी अहिले सम्म करिब २ सय वटा अक्सिजन सिलिन्डर वितरण गरिसकेको उनले बताए ।

उनले भने,’मैले जिम्मा लिएको जनमैत्री अस्पताल हो, तर सरकारले नै सञ्चालन गरेको ट्रमा सेन्टरबाट नै अक्सिजनको अभाव भएको भन्दै फोन आएपछि रातिभरि खोजेर दुई दिनअघि ट्रमा सेन्टरलाई पाँच वटा अक्सिजन सिलिन्डर दिएँ ।’

हेल्थ सेन्टरबाट पनि विभिन्न समस्या परेका व्यक्तिहरुलाई सहयोग गर्दे आइरहेको उनले बताए ।

‘रबि लामिछाने फाउन्डेसनबाट विगत दुई वर्षदेखि कालिकोटमा पनि अस्पताल बनाइरहेका छौँ,’ उनले भने ।

हामी आफै सहयोग उठाउन वा माग्न जाँदैनौँ, अवस्था देखेर दिनेहरुबाट लिने हो र हाम्रो फाउन्डेसनका सदस्यहरुले जम्मा गरेको रकमबाट सहयोग गरिरहेका छौँ ।

उनले भने,‘ धनी र पहुँचवालाहरुले विभिन्न ठाँउमा फोन घुमाएर आफ्नो उपचार गरिहाल्छन् तर सामन्य जनताले अक्सिजन नपाएर ज्यान गुमाउनु परेका छ । त्यसैले अक्सिजन अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हामीले यो कामको थालनी गरेका छौँ ।’

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ५ : ०९ बजे

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता