राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन | Khabarhub Khabarhub

राजेन्द्र महतो जसपा संसदीय दलको नेतामा चयन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा चयन भएका छन् ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको जानकारी दिँदै उनले भने, ‘भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं ।’

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको बताइएको छ । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव पक्ष भने सहभागी थिएनन् ।

वैकल्पिक सरकार गठनमा साथ नदिएपछि अध्यक्ष यादव र बाबुराम भट्टराई पक्ष अध्यक्ष ठाकुर र महतोसँग रुष्ट बनेका छन् । साथै, ठाकुर र महतोले ओली सरकारकै निरन्तरता चाहेपछि जसपामा आन्तरिक विवाद चर्किदै गएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ०२ बजे

आज २०८२ साल जेठ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ २८ गते बुधबार। जेठ

नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भएको

नेपालका बलरसामु निरीह नेदरल्याण्ड्स, गुमायो छैठौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

ललितले लिए नेदरल्याण्ड्सको पाँचौँ विकेट

काठमाडौँ – आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको

कोलम्बियामा सात विस्फोट, एक जनाको मृत्यु

एजेन्सी – कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा आज मंगलबार भएका श्रृंखलाबद्ध विस्फोटहरूले