बेड नपाएर बिरामीको बेहाल, प्रधानमन्त्री भन्छन् : बेडको अभाव छैन « Khabarhub

बेड नपाएर बिरामीको बेहाल, प्रधानमन्त्री भन्छन् : बेडको अभाव छैन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बेडको अभाव नभएको बताएका छन् ।

देशकै ठूलो सिटीहल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिरामीहरुको उपचारका लागि बेडको अभाव नभएको बताएका हुन् ।

‘हामीसँग बेडको अभाव छैन, सुविधा सम्पन्न अस्पताल जाने चाहने देखिन्छ, अक्सिजनसहितका बेडहरू, अन्य उपकरणसहितका बेडहरू, चिकित्सक सहितको बेडको प्रबन्ध गर्ने तयारी गरेका छौँ, देशभित्रका प्लान्टलाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने प्रयास गरिएको छ’, ओलीले भने,’हाम्रा सरोकारवाला सम्बन्धित निकाय, संघसंस्थाहरू अझ प्रभाकारी कदमहरू तीव्रताका साथ उपचारका लागि आवश्यक पर्ने उपकरणहरू कमी हुन नदिने गरी तयारी गरेका छौँ ।’

राजधानीकै अस्पतालहरुमा वेड नपाएर बिरामीको बेहाल भइरहेका बेला प्रधानमन्त्रीले यस्तो बताएका हुन् । राजधानीको विभिन्न अस्पतालमा कोरोना संक्रमितहरु बेड नपाएर बाहिर उपचार गराउन बाध्य छन् ।

कतिपय निजी अस्पतालले बेड अभाव कै कारण नयाँ बिरामी भर्ना नगर्ने भनेर सार्वजनिक सूचना समेत जारी गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : १९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा