लिबियाली सेनालाई लक्षित गरी आक्रमण, ८ सैनिकको हत्या « Khabarhub

लिबियाली सेनालाई लक्षित गरी आक्रमण, ८ सैनिकको हत्या


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिबिया– दक्षिणी लिबियामा सैनिक अखडालाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा ८ सैनिकको ज्यान गएको छ ।

लिबियाली सैनिक शासक खलिफा हफ्तारप्रति वफादार सैनिकलाई लक्षित गरी लिबियाको दक्षिणी शहर सेबहामा आक्रमण भएको र आक्रमणकारीले सैनिकको घाँटी रेटेर निर्मम हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियाली सेनाले भने आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेट र चाडका लडाकुको संलग्नता रहेको जनाएको छ । यद्यपि आक्रमणमा कुन समूहको हात रहेको भन्ने स्वतन्त्र पुष्टि भने भएको छैन ।

दक्षिणी लिबियाको विशाल भूभागमा नियन्त्रण जमाएको भएपनि लिबियाली सेनाले हाल आफ्नो ध्यान अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीमा सैनिक अभियान अघि बढाउनेतर्फ केन्द्रित गर्दै आएको छ ।

दक्षिणी लिबियामा लिबियाली सेनाविरुद्ध त्यहाँका स्थानीय टेबु जातिका लडाकुले आक्रमण गर्दै आएका छन् भने दक्षिणी लिबियामा इस्लामिक स्टेटका लडाकु पनि उत्तिकै सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  ५ : ४० बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब