अस्वस्थ कार्कीलाई कलाकार ‘धतुरे’ समूहको सहयोग « Khabarhub

अस्वस्थ कार्कीलाई कलाकार ‘धतुरे’ समूहको सहयोग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै सहयोग गरेको उल्लेख गरेका छन् ।

‘अन्ततः हिजो सामाजिक सञ्जालमा भेटिएका डिल्लीबहादुर कार्की र उहाँको परिवारसँग आज भेट्ने अवसर मिल्यो । दोलखा शैलुङ निवासी उहाँ एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने हुनु भएको रहेछ । कोरोना महामारीको पीडा र भएभरको सम्पत्ति आफ्नो उपचारमा सक्नु भएका अति नै विपन्न उहाँलाई म, अशोक खड्का तथा उत्तम खड्का उपस्थित भई २५,००० रुपैयाँ नगद, दुई बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेको छौं ।’ उनले लेखेका छन् ।

कार्कीको सहयोगका लागि कलाकार पुडासैनीले नगद पाँच हजार रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का अध्यक्ष प्रकाश फूयाँलले नगद ५ हजार, तेक्वान्दो प्रशिक्षक अशोक खड्काले खाद्यान्न, तेक्वान्दो प्रशिक्षक दिल गुरुङले एक बोरा चामल, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले नगद १० हजार, व्यवसायी उत्तम खड्काले नगद २५ सय, तेक्वान्दो प्रशिक्षक रोहिन्द विक्रम खड्काले नगद २५ सय, सुमिला खड्काले एक बोरा चामल तथा रञ्जना थापाले खाद्यान्न सहयोग गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १ : ५२ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु