शेयर कारोबारमा उछाल, ५४ दशमलब २६ अंकले वृद्धि « Khabarhub

शेयर कारोबारमा उछाल, ५४ दशमलब २६ अंकले वृद्धि


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ ।

८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो ।

यो २.०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।

आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।

आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए ।

यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।

आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ४० बजे

अध्यक्ष लड्छु भनेका पोखरेललाई ओलीको जवाफ : नलड्नुस् भन्दिनँ, मैले छोड्दिनँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबारको सचिवालय बैठकमा

प्रचण्डसँग मिलेपछि गोपाल किरातीले दिए विप्लवलाई ‘खाओवादी’को संज्ञा

काठमाडौं – आठ वर्षपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी

निकोलश भुसाल फेरि पक्राउ

काठमाडौं – निकोलश भुसाल फेरि पक्राउ परेका छन् । केही

एमालेले महाधिवेशनका लागि गठन गर्‍यो समिति

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले ११औँ महाधिवेशन सफल बनाउन विभिन्न

ओलीलाई बिदा हुनुस् भन्दै ईश्वर पोखरेलले भनेः अध्यक्षमा मेरो दाबी रहन्छ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी महाधिवेशनमा आफू