शेयर कारोबारमा उछाल, ५४ दशमलब २६ अंकले वृद्धि « Khabarhub

शेयर कारोबारमा उछाल, ५४ दशमलब २६ अंकले वृद्धि


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा आज उच्च वृद्धि भएको छ । साताको पहिलो दिन कारोबार रकममा समेत उत्साहजनक वृद्धि देखिएको छ ।

८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बजार ५४.२६ अंकले बढ्यो ।

यो २.०२ प्रतिशतको वृद्धिदर हो । आइतबार कारोबार रकम १० अर्ब ४० करोड ३८ लाख भएको छ । बजार २७३८.३५ अंकमा पुगेर रोकिएको छ ।

आज ८ वटा कम्पनीको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार कुल २१४ कम्पनीको १ लाख १३ हजार ६९ वटा कारोबार भएको छ । यी कारोबारमा कुल २ करोड १४ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार सबैजसो परिसूचकमा हरियाली छायो । यसमध्ये निर्जिवन बीमा समूहको परिसूचक सबैभन्दा बढी बढ्यो । त्यसपछि क्रमशः विकास बैक, जिवन बीमा, लगानी समुहको परिसूचकमा वृद्धि भएको छ ।

आज रुरु जलविद्यूत आयोजनाको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भयो । यो कम्पनीका लगानीकर्ताले बढी कमाए ।

यसबाहेक शिखर इन्स्यारेन्स, समता घरेलु लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स र विशाल बजार कम्पनीका लगानीकर्ताले बढी कमाए ।

आज बढी गुमाउनेमा भने युनियन हाइड्रोपावर, आँखुखोला जलविद्युत कम्पनी, नारायणी विकास बैंक, घलेम्दी हाइड्रोलगायत रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ४० बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको