नेपाली अनुसन्धानकर्तालाई अमेरिकामा डेढ करोडको अवार्ड « Khabarhub

नेपाली अनुसन्धानकर्तालाई अमेरिकामा डेढ करोडको अवार्ड


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा एक नेपाली अनुसन्धानकर्ताले डेढ करोडको फेलोसिप अर्वाड पाएका छन् ।

अमेरिकाको जोन्स हपकिन्स विश्विविद्यालय स्कूल अफ मिडिसनमा पोस्टडक्टरल फेलोको रुपमा कार्यरत अनुसन्धानकर्ता डा. रमेश मरासिनीले डेढ करोडको फेलोसिप अवार्ड पाएका हुन् ।

स्कुल अफ मेडिसिनको इन्स्टिच्युट फर सेल इन्जिनियरिङ एन्ड डिपार्टमेन्ट अफ रेडियोलाजी एन्ड रेडियोलोजिकल साइन्सेसमा कार्यरत अनुसन्धानकर्ता डा. मरासिनीलाई १ लाख ३० हजार डलरको अनुसन्धान वृत्ति मेरिलेन्ड स्टेम सेल रिसर्च फाउण्डेशनले प्रदान गरेको हो ।

उनको मल्टिपल स्क्लेरोसिसको अध्ययन गर्नका लागि उक्त अनुसन्धान रकम दिइएको हो । मल्टिपल स्क्लेरोसिस एक विशेष प्रकारको स्नायुमा लाग्‍ने रोग हो । मल्टिपल स्क्लोरोसिसको निदानका लागि हालसम्म कुनै उपचार विधिको विकास भइसकेको छैन ।

अध्ययन सफलतापूर्वक पूरा भएपछि अध्ययनको रणनीतिहरूलाई अन्य स्नायुसम्बन्धी समस्याहरू जस्तै, एएलएस (एमाइट्रोपिक लेटरल स्क्लेरोसिस), मष्तिष्क पक्षघात, पार्किन्सन, अल्जाइमर रोग आदिको उपचार विकास गर्न मद्दत गर्न सकिने अनुसन्धानकर्ता मरासिनीले बताए ।

गुल्मीको रेसुंगा नगरपालिका-६ घर भएका ३३ वर्षीय मरासिनीले दुई वर्षभित्र उक्त अनुसन्धान गर्नुपर्ने हुन्छ । हाल उनी पीएचडी पूरा गरेर पोस्टडक्टरल प्रशिक्षार्थी हैसियतमा जोन्स हप्किन्स युनिभर्सिटीको मेडिकल स्कुलमा अनुसन्धानरत छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : १५ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६