यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री | Khabarhub Khabarhub

यो तहसम्म कोरोना संक्रमण बढ्छ भन्ने ठानेको थिइनँ : प्रधानमन्त्री


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर तीव्र रुपमा बढ्छ भन्ने आफूले नसोचेको बताएका छन् ।

एक सामूहिक छलफलका क्रमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमण ‘यो तहसम्म बढ्छ भन्ने आफूले नठानेको’ बताएका हुन् ।

विभिन्न अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेका भिडियो क्लिपमा उनले भनेका छन्, ”यस रूपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ हाम्रो इम्युन सिस्टम (प्रतिरोध प्रणाली) धेरै बलियो छ । त्यस कारण अलि अलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन जस्तो लागेको थियो । तर यस तहमा वृद्धि भयो ।”

”सामान्य इम्युन सिस्टमले (साधारण प्रतिरोधी क्षमताले) पनि यसलाई रेजिस्ट (रोक्न) गर्न सक्दो रहेनछ । यद्यपि इम्युन सिस्टमको (रोग प्रतिरोधी क्षमताको) काम छैन होइन । त्यो जति मात्रामा मानिसहरू रिभाइभ (निको) भएका छन् त्यसमा इम्युन सिस्टमको अवश्य नै भूमिका हुन्छ । यससँग इम्युन सिस्टमको भूमिका नहुने होइन ।” उनले भने ।

कोरोनाभाइरस महामारी फैलिएका बेला शरीरको रोग प्रतिरोधी क्षमता सुदृढ बनाउन बेसार पानी खान र अम्बाको पात उमालेर पानी खाने गर्नुपर्ने सुझाव उनले बारम्बार दिने गरेका थिए ।

उनको भनाइको वैज्ञानिक आधार नरहेको बताउँदै कतिपय विज्ञ लगायत सामाजिक सञ्जालमा आलोचना र उपहास हुँदै आएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारण ५ हजार भन्दा बढी सर्वसाधारणहरुले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ०७ बजे

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

काठमाडौं–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप

बसुन्धरा–कोटेश्वर खण्डमा चक्रपथ साँघुरो पार्ने पाँच विवाद

काठमाडौँ – सङ्घीय राजधानी काठमाडौँको भित्री चक्रपथको कुल लम्बाइ २६.८

डेङ्गी सङ्क्रमणको जोखिम कायमै, थप सचेत रहन आग्रह

काठमाडौं– काठमाडौँ महानगरपालिकाले डेङ्गी सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले

हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु

वाग्मती– चट्याङ लागेर हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा एक जनाको मृत्यु भएको

विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन 

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय