सुकृतिलाई ‘ब्लूमक्विस्ट वर्ष पुरस्कार’ « Khabarhub

सुकृतिलाई ‘ब्लूमक्विस्ट वर्ष पुरस्कार’


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कथा संग्रह ‘सत्र पुष्प पत्रहरु’की लेखिका सुकृति शर्मालाई ‘ब्लूमक्विस्ट २०२१ वर्ष पुरस्कार’ प्रदान गरिएको छ । यो पुरस्कारको राशी ५ लाख ८४ हजार रुपैंयाँ छ ।

शर्मालाई ब्लूमक्विस्ट पारिवारिक छात्रवृत्ति कोषले यो पुरस्कार प्रदान गरेको हो । परिवार, विद्यालय र सामाजिक क्षेत्रमा योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूलअन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक विद्यार्थीलाई वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशी ५ हजार डलर छ ।

ब्लूमक्विस्ट पारिवारिक प्रतिष्ठानले धेरै लामो समय देखि कलेज एक्सेस फेयरफ्याक्सः ओपनिङ डोर टु द फ्युचर’ नामक संस्थामार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कलेजद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सुकृतिले आफ्नो भाई साइमनसँग मिलेर कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’ लेखेकी हुन् । यो कथा संग्रह अमाजनमार्फत बिक्री भइरहेको छ ।

उक्त पुस्तकलाई फेयरफ्याक्स काउन्टी पुस्तकालयले पाठक सदस्यहरुलाई अध्ययनका लागि आफ्ना सबै २३ वटा शाखामा उपलब्ध गराएको छ ।

उक्त पुस्तकबाट उठेको रकम नेपाल र लेबनान स्थित शरणार्थी शिविरहरूमा रहेका बालबालिकाहरूको स्वास्थ्य सेवाका लागि जाने गरेको कुरा सुकृतिले बताइन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ११ : २५ बजे

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९

धादिङ-१ मा रास्वपाकी आशिका तामाङ अगाडि

काठमाडौं– धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा

काठमाडौँ–२ मा रास्वपाका केसीको अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले