सन्दीपको टोली दिल्ली आइपिएलको दोस्रो स्थानमा उक्लियो « Khabarhub

सन्दीपको टोली दिल्ली आइपिएलको दोस्रो स्थानमा उक्लियो


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्व टोली दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। राउन्ड रोविनको अन्तिम खेलमा राजस्थानविरुद्व दिल्लीले ५ विकेटको जीत हात पारेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको राजस्थानले दिएको १सय१६ रनको लक्ष्य दिल्लीले १६.१ बल बाँकी छदाँ ५ विकेट गुमाएर भेट्टायो। राजस्थानले २० ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा दिल्लीले १६. १ ओभरमा ५ विकेट गुमाएर १२१ रन बनायो। दिल्लीको जीतका लागी रिसब पन्तले ३८ बलको सामना गर्दै नट आउट ५३ रन जोडे । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ।

चेन्नई सुपर किंग्स १८ अंकसहित पहिलो स्थानमा रहँदा समान अंक भए पनि नेट रनरेटका आधारमा दिल्ली दोस्रो स्थानमा छ। नेपाली स्पिनरलाई भने दिल्लीले मैदान उतारेन। यो सिजनको अाईपीएलमा ६ खेलमा ८ विकेट लिएपनि सन्दीपले रन नियन्त्रण गर्न सकेका छैनन्।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १० : ३१ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि