भारतमा दैनिक संक्रमण दर घट्दै,  मृत्यु दर उस्तै | Khabarhub Khabarhub

भारतमा दैनिक संक्रमण दर घट्दै,  मृत्यु दर उस्तै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ । त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो।

संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन । अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८  हजार ७५१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ करोड १५ लाख ९० हजार ३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५९ हजार २१६ छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ४० बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा