कोभिडको क्रुरता : मृत्युशय्यामा एक्लै तड्पिनु पर्ने ! « Khabarhub

कोभिडको क्रुरता : मृत्युशय्यामा एक्लै तड्पिनु पर्ने !



जब कोरोना महामारी पहिलोपटक देखापर्‍यो, मैले एक बिरामीलाई भेटेकी थिएँ, जो अस्पतालतर्फ जाँदै थिइन् । उनी यसरी अस्पतालतर्फ जाँदै थिइन् कि मानौँ ‘नर्क नै जानुपरेको छ’ ।

जब उनी अस्पतालको बेडमा पल्टेकी थिइन्, मुखसमेत छोपिने गरी कपडा लगाएका अस्पतालका कर्मचारीसँग उनले आफूले व्यहोर्नु परेको पीडा सुनाउन सकिनन् । त्यहाँ यान्त्रिक आवाज र मानवीय चित्कारको ध्वनिमात्रै सुनिएको थियो ।

उनको हातबाट रगत चुहिएको थियो, डाक्टरहरू उनको हातमा नसा खोज्दै थिए । जति प्रयास गर्दा पनि हातमा नसा भेटिएन । अस्पतालमा रहेका अन्य बिरामी रुग्ण देखिन्थे । ‘मेरो निधन यहीँ हुनेवाला छ’, उनी आफैसँग भन्दै थिइन्, ‘मैले मानिसहरूको चित्कार सुनिरहेकी छु, मास्क लगाएका डाक्टरहरूलाई हेर्दैछु, मेरो हातभरी रगत लतपतिएको छ ।’

यहाँ जे देखिएको थियो, त्यो नै सबैभन्दा खराब दृश्य थिएन तर पनि मेरो बिरामीमा केही कमी थियो । न त उनीसँग उनका पति सँगै थिए, न छोराछोरी, न त कोही साथीसङ्गी नै । सास फेर्न गाह्रो हुँदै गरेको थियो । उनलाई आफ्ना प्रियजनको अनुपस्थितिमै कोरोनाका कारण मर्छु कि भन्ने हतासा थियो ।

कोभिडको सबैभन्दा ठूलो क्रुरता भनेको यसले मौलिक आवश्यकताबाट हामीलाई बञ्चित गराउँछ । संस्कृति, युग र संस्थागत संरचनामा हाम्रो चरम सीमा हुन्छ । जसलाई हामी सबैभन्दा बढी चाहन्छौँ, ऊ बिरामी र आफन्तहरू उसका लागि पीडा कम गर्ने ‘एन्टिडोट’ अर्थात पीडानाशक औषधि हुन सक्छन् ।

उनले जस्तै अनुभव सर्वत्र अरूले पनि गरेका थिए । स्टेचरमा होओस् कि ट्रलीमा, अथवा अस्पतालको बरन्डामा, भेन्टिलेटरेको अभावमा अक्सिजन सिलिन्डरको सहाराले हजारौँ मानिस एक्लै मृत्युसँग जुधिरहेका थिए ।

हाम्रो जीवनकालमा कुनै रोगका कारण बिरामीले यो हदसम्म अस्पताल भरिएको थाहा थिएन । मृत्युशय्यामा सुतेका बिरामीको नजिक परिवारजनले घेरेका हुन्थे, आफ्नो प्रियजनको मृत्यु पर्खिरहेका हुन्थे र हेरिरहेका हुन्थे ।

अहिले त्यस्तो कुनै दृश्य छैन । कोभिडले बच्चालाई अभिभावकसँग छुटाएको छ, दिदीसँग भाइ छुटाएको छ, पत्नीसँग पति छुटाएको छ, नातिनातिनासँग हजुरबुबाआमा छुटाएको छ । मृत्यु नजिक आउँदै गर्दा हामीलाई हाम्रो जीवनमा सबैभन्दा बढी महत्व राख्ने मानिससँग बिछोड हुन विवश बनाएको छ ।

कोभिडको सबैभन्दा ठूलो क्रुरता भनेको यसले मौलिक आवश्यकताबाट हामीलाई बञ्चित गराउँछ । संस्कृति, युग र संस्थागत संरचनामा हाम्रो चरम सीमा हुन्छ । जसलाई हामी सबैभन्दा बढी चाहन्छौँ, ऊ बिरामी र आफन्तहरू उसका लागि पीडा कम गर्ने ‘एन्टिडोट’ अर्थात पीडानाशक औषधि हुन सक्छन् ।

धेरै जसो बिरामीले भन्ने पनि गर्छन्– म चाहन्छु कोही मलाई झट्कारोस्, त्यो गर्नलाई तिमी तीन वर्षको छौँ कि ५३ वर्षको, त्यो मलाई खासै मतलब छैन ।

महामारीको शुरूवाती चरणमा हाम्रो प्रयास भाइरसलाई नियन्त्रणमा लिनु थियो । भाइरसले धेरै ज्यान लिन नपाओस् भन्ने हाम्रो ध्यान थियो । त्यसका लागि बिरामीको हेरविचार गर्न हामीलाई जानकारीमा भएको राम्रो तरिका पनि हामीले उल्लंघन गरेका थियौँ । हामी सबै बिरामीका आफन्तलाई भेट गर्न नदिने तर्कसँग सहमत थियौँ ।

संक्रमण नियन्त्रण गर्न कठोर हुनुपर्ने कुरा स्पष्ट थियो । प्रायः रातको समयमा अस्पताल निषेध र अनुपस्थितिको संसारमा रूपान्तरण भएको हुन्थ्यो । भेट्न आउने आफन्तलाई बन्देज लगाइयो र बिरामीलाई नर्कमा एक्लै तड्पिन छोडियो ।

जो मान्छे मृत्युशय्यामा छ र कुनै पनि वेला निधन हुनसक्छ, त्यस्तो मान्छेको आफन्तलाई ऊ नजिक बस्न नदिनु भनेको धेरै नराम्रो हो । एक दिन केही स्थिर सवारीसाधनतर्फ मेरो ध्यान गयो । ती सबै अस्पतालतर्फ फर्काएर पार्किङ गरिएका थिए । यसरी रोकिएका सवारीसाधनको संख्या यो हदसम्म बढ्दै गयो कि त्यहाँबाट बाटो काट्ने ठाउँ पनि थिएन ।

ती सवारी साधनमा आएका बिरामीका आफन्त आफ्नो प्रियजनको अनुहार एक झलक भए पनि देख्न पाइन्छ कि भनेर अस्पतालतर्फ हेर्दै थिए । मलाई यसअघि अस्पतालमा यस्तो दृश्य देखेको कुनै याद छैन ।

बेलायतको एक अनुसन्धान संस्थाले गरेको एक प्रारम्भिक अध्ययनअनुसार महामारीमा परी आफन्त गुमाएका मानिसहरूले आश्चर्यजनक व्यवहार देखाएको पाइएको छ । अनुसन्धान रिपोर्टमा अन्य कारणले भन्दा कोभिडका कारण आफन्त गुमाउनुपर्दाको पीडा बढी हुने उल्लेख गरिएको छ ।

कारडिफ र बिस्टोल विश्वविद्यालयले गरेको अध्ययनअनुसार ७० प्रतिशत आफन्त जसले कोभिडका कारण आफ्ना प्रियजन गुमाए, उनीहरूले तिनको निधन हुनुपूर्व कुनै सम्पर्क नै नभएको बताएका छन् । यस्तै, ८५ प्रतिशतले अन्तिम क्षणमा भेट्न नपाएको जनाएका छ भने ७५ प्रतिशतले सामाजिक दूरी र आइसोलेसनमा रहनुपरेको बताएका छन् ।

जसका आफन्तको यही अवधिमा कोरोनाभन्दा अन्य रोग क्यान्सर इत्यादिका कारणले निधन भयो, उनीहरूमध्ये ४३ प्रतिशतको निधन हुने व्यक्तिसँग सीमित सम्पर्क भयो, ३९ प्रतिशतले अन्तिम समयमा भेट्न पाएनन् । यस्तै, ६३ प्रतिशत मानिस एक्लै बस्नुपर्ने अवस्थामा थिए ।

मैले अभिभावक गुमाएकी एक छोरी कैथरिन डी पु्रधोसँग कुरा गरेँ, जसले गत अप्रिलमा आफ्ना पिता गुमाएकी थिइन्, विवरण साह्रै दुःखद् थियो । उनका पिता टोनीलाई राति अस्पताल लगिएको थियो, आमालाई एक्लै घरमा छोडेर ।

हामी महामारी रोक्न सक्दैनौँ । अहिलेको महामारीले भविष्यमा यस्ता अरू दिन आउन सक्ने संकेत दिएको छ । यस्तो महामारी अहिलेकै भाइरस अथवा अन्य नयाँ भाइरसका कारण फैलिन सक्छ । यदि अर्को पटक पनि यस्तै महामारी फैलियो भने मृत्युशय्यामा रहेका बिरामीलाई उनीहरूका प्रियजनसँग भेट्ने व्यवस्था मिलाउनुपर्छ ।

‘यहाँसम्म कि जब उनीहरूले मेरा पितालाई जीवन दिइरहेको उपकरण निकाल्छौँ भने, अस्पतालका कसैले पनि मलाई भित्र आउन अवसर दिएनन्’, कैथरिनले सम्झिन्, ‘कसैले पनि मलाई भिडियो कल गर्न अथवा फोन गर्ने सुझाब दिएनन् । हामीले उनीहरूको आग्रह नम्रतासँग पालना मात्रै गर्‍यौँ । हामीले यस्तै गर्नुपर्छ होला भन्ने सोच्यौँ । हामी आज्ञाकारी भयौँ, त्यस विषयमा कुनै प्रश्न गर्नुपर्छ जस्तो मलाई कहिल्यै लागेन ।’

जब टोनीको निधन हुने निश्चित भयो, अस्पतालका कर्मचारी भेन्टिलेटरबाट निकाल्छौँ भन्न आए । कैथरिन बाहिर आफ्नी आमासँग बसिरहेकी थिइन् । त्यस बखत पनि उनीहरू भौतिक दूरीको पालना गर्दै टोनीको निधन पर्खिराखेका थिए ।

कैथरीनले मसँग भनिन्, ‘म पछिल्ला तीन दिन जुन बेला उहाँ एक्लै हुनुहुन्थ्यो र अपरिचित मान्छेबाट घेरिनुभएको थियो, तिनै दिनहरू सम्झिबसेकी थिए । उहाँको फोक्सोमा पानी जमेको थियो । दिमागमा रक्तस्राव भएको थियो । त्यस्तो हुँदा पक्कै पनि उहाँलाई शारीरिक हिसाबमा कष्ट भएको थियो । त्योभन्दा पनि पीडादायी कुरा उहाँलाई आफ्नो मृत्यु हुँदैछ भन्ने थाहा भइसकेको थियो । म उहाँ कसरी एक्लै बस्नुभयो होला भन्ने सोच्न समेत सक्दिनँ ।’

सबैभन्दा खराब पक्ष भनेको कैथरिन जस्ता व्यक्तिहरूले भोगेको पीडाबाट पनि एनएचएसले केही पाठ सिकेको छैन । महामारीको शुरूवाती दिनमा अस्पतालका कार्मचारीले परिवारका मानिसको पीडा बुझेर पीडा कम गर्ने उपाय अपनाएका थिए । यो निक्कै सराहनीय काम थियो । हामीले मोबाइल र ट्याब्लेट प्रयोग गर्दै बिरामी र आफन्तलाई जोड्ने काम गरेका थियौँ ।

परिवारका सदस्यको अभाव पूर्ति गर्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै पनि अस्पतालका कर्मचारीले त्यो अभाव पूरा गर्ने प्रयास गरे । डाक्टर, नर्स, हेरविचार गर्न खटाइएका अस्पतालका कर्मचारीले मृत्युवरण गर्दै गरेका व्यक्तिहरूको हात समातेर कविता वाचन गरे, उनीहरूलाई सबैभन्दा बढी मन पर्ने गीत सुनाए, घर परिवारबाट पठाइएका अन्तिम चिठी वाचन गरेर सुनाए ।

मेरो अस्पतालको आईसीयूमा काम गर्ने नर्सिङ समूह दृढ थियो । त्यहाँ काम गर्ने कोही पनि नर्सको कोभिडका कारण निधन भएन । हरेक अवस्थामा आईसीयूमा बिरामीलाई आवश्यक पर्ने औषधि दिन कोही न कोही तयार बसेका थिए ।

हामी महामारी रोक्न सक्दैनौँ । अहिलेको महामारीले भविष्यमा यस्ता अरू दिन आउन सक्ने संकेत दिएको छ । यस्तो महामारी अहिलेकै भाइरस अथवा अन्य नयाँ भाइरसका कारण फैलिन सक्छ । यदि अर्को पटक पनि यस्तै महामारी फैलियो भने मृत्युशय्यामा रहेका बिरामीलाई उनीहरूका प्रियजनसँग भेट्ने व्यवस्था मिलाउनुपर्छ ।

जब मानिसलाई एकअर्काको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यस्तो बखतमा के हामी संक्रामक रोग फैलिने डरले मात्रै उनीहरूलाई एकअर्कासँग भेट्न नदिन मिल्छ ?

(रचेल क्लार्क चित्किस र लेखिका हुन् । उनको ‘ब्रेथटेकिङ : इन्साइड द एचएचएस एन अ टाइम अफ प्यान्डामिक! नामक पुस्तक प्रकाशित छ । १० मे २०२१ मा द गार्डियनमा प्रकाशित उनको यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ५५ बजे

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र

जनताले जे भन्छन्, त्यो मान्न तयार छौँ : रवि लामिछाने

हेटौँडा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब

प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई आयोगले भन्यो– चुनाव प्रचारमा सहभागी नहुनू

काठमाडौं- निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक