भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने « Khabarhub

भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना संक्रमितको अब प्लाज्मा थेरापीबाट उपचार नगरिने भएको छ ।

संक्रमितलाई प्लाज्मा थेरापीबाट गरिएको उपचारले पनि फाइदा नगरेकाले अब त्यस्तो उपचार पद्धती उपयोग नगरिने भएको हो ।

गम्भीर प्रकृतिका बिरामीको अवस्थामा सुधार नआएकाले भारतले प्लाज्मा थेरापीको उपचार विधि नै हटाएको हो।

गत साता बसेको कोभिड-१९ का लागि राष्ट्रिय कार्यदलको बैठकमा सहभागीले प्लाज्मा निकालेर संक्रमितलाई दिने विधि प्रभावकारी नभएको भन्दै कोरोना उपचार निर्देशिकाबाट हटाउनु पर्ने धारणा राखेका थिए ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका एक अधिकारीले उक्त निर्देशिका संशोधन गर्दै प्लाज्मा थेरापी हटाइएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : २५ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको