नमुना बन्दै भेरी-बबई डाइभर्सन « Khabarhub

नमुना बन्दै भेरी-बबई डाइभर्सन


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पुर्‍याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ-आयोजना कहिले पूरा हुन्छ ?

राष्ट्रिय गौरवका आयोजनाले जनताको मन जित्न नसकिरहेका बेला उदाहरणीय बनेको छ- भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, जसले बाँके, बर्दिया र सुर्खेतका जनतामा नयाँ उत्साह जगाएको छ। कर्णाली र ५ नम्बर प्रदेशका जनताको आर्थिक विकाससँग जोडिएको भेरी-बबई डाइभर्सनको सुरुङ सम्झौता अवधिभन्दा एक वर्षअगावै सकियो, जसको ‘ब्रेक थ्रु’ कार्यक्रममा वैशाख ३ प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी भए। अहिले आयोजना अधिकारीहरू बाँकी काम तोकिएको अवधिभित्रै सक्ने तयारीमा जुटेको नागरिक दैनिकमा खबर छ ।

आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको मुख्य उद्देश्य बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ दशमलव आठ मेगावाट विद्युत् उत्पादन गर्ने हो। आयोजना सम्पन्न भएपछि बाहै्र महिना सिँचाइ सुविधाबाट कृषि उत्पादनबाट दुई अर्ब ९० करोड र विद्युत्बाट चार अर्ब ३० करोड रुपैयाँ गरी वार्षिक सात अर्ब २० करोड (सन् २०१७ को मूल्य निर्धारणअनुसार) फाइदा हुने अनुमान गरिएको छ।

अन्तर-जलाधार स्थानान्तरण गरिएको नेपालको पहिलो आयोजना भेरी-बबई डाइभर्सनको सफलताले अन्य आयोजना सुरुवात गर्ने आँट दिएको बताउँछन् आयोजना निर्देशक सञ्जीब बराल। उनले भने, ‘यसले सुनकोसी-मरिन बेसिन डाइभर्सन, कालीगण्डकी-तिनाउ, तमोर-चिस्याङलगायत आयोजनामा काम गर्ने नयाँ जोस दिएको छ।’

त्यस्तै पत्रिकाले बाँके-बर्दिया हराभरा हुँदै, फोरम-नयाँ शक्ति एकता घोषणा भोलि, ‘मेरो सरकार’ अन्तर्राष्ट्रिय अभ्यासलगायतका खबर प्राथमिकतामा छापेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ६ : ३४ बजे

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक

दोस्रो प्रयासमा अर्थ मन्त्रालय सम्हाल्दै स्वर्णिम वाग्ले

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) देशको बिग्रँदो आर्थिक अवस्था

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

घोराही– टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ ।