‘थ्री इडियट्स’ सुटिङमा आमिर, माधवन र शरमन मातेपछि… « Khabarhub

‘थ्री इडियट्स’ सुटिङमा आमिर, माधवन र शरमन मातेपछि…


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडका सफल फिल्मको नाम लिँदा आमिर खानको ‘थ्री इडियट्स’ पनि पर्दछ । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा आमिर खान, शरमन जोशी, आर माधवन, बोमन ईरानी र करीना कपूर प्रमुख भूमिकामा थिए ।

एबीपी लाइभका अनुसार राजकुमार हिरानी निर्देशित यो फिल्मको सुटिङको समयमा एक रोचक किस्सा भएको छ । फिल्ममा आमिर, शरमन र आर माधवनले मदिरा पिएको दृश्य सबैले हेर्नुभएकै छ ।

यो दृश्यलाई वास्तविक बनाउनका लागि आमिरले राजकुमारलाई आफूहरु तीनैजनाले थोरै मात्रामा मदिरा सेवन गर्ने सल्लाह मागेका थिए । आमिरले थोरै भनेपनि तीनजनाले धेरै मात्रामा मदिरा पिएका थिए ।

आमिर, माधवन र शरमनको अवस्था देखेर निर्देशक हिरानी चिन्तित बने । तर पनि फिल्मका लागि सट तयार पारे । पटक पटक रिटेक भएपछि फिल्मको स्टक रिल नै सकिएको थियो ।

रातको दुई बजे रिल लिनका लागि सुटिङ सेटमा भागदौड नै भयो । त्यो रातमा ‘थ्री इडियट्स’को नजिकै अर्को फिल्मको सुटिङ भइरहेको थियो ।

निर्देशक हिरानीले त्यही सेटमा गएर उधारोमा रिल ल्याएर आफ्नो फिल्मको दृश्य पुरा गरेका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १० : ५५ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली