रामबहादुर थापाका विपक्षमा मतदान गर्नेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी « Khabarhub

रामबहादुर थापाका विपक्षमा मतदान गर्नेलाई कारबाही गर्ने एमाले अध्यक्ष ओलीको चेतावनी


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि हुने राष्ट्रियसभाको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै भोलि हुने राष्ट्रियसभा सदस्यको चुनावमा रामबहादुर थापाविरुद्ध मतदान गरे कारबाही गर्ने चेतावनी दिएका हुन् ।

चुनावको अघिल्लो दिन विज्ञप्ति जारी अध्यक्ष ओलीले एमाले जस्तो पार्टीमा आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा गर्नु र मतदान गर्नु क्षम्य नहुने भनेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानको पहल भइरहेको भन्दै अध्यक्ष ओलीले भनेका छन्,‘पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाल्ने जस्ता विषय हाम्रो पार्टीमा कल्पनाबाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीलाई क्षम्य हुँदैन ।’

अध्यक्ष ओलीले रामबहादुर थापाको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतासमेत उजागर हुने भनेका छन् ।

हिजोमात्रै गृहमन्त्रीसमेत रहेका एमाले नेता थापा सहयोग माग्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास पुगेका थिए । बिहीबार हुने चुनावका लागि कांग्रेस माओवादी केन्द्रको समर्थनमा डाक्टर खिमलाल देवकोटा र एमाले उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी परेको छ ।

अध्यक्ष ओलीले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  १ : ०४ बजे

रवि-बालेनले सुधनलाई भनेका थिए : हटाउनुभन्दा आफैं मार्ग प्रशस्त गरिदिनू

काठमाडौं– चौतर्फी विवाद भएपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन्।

गृहमन्त्री गुरुङले राजीनामा दिँदै भने- शेयरसम्बन्धी विवादमा निष्पक्ष छानबिन होस्

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले पदबाट राजीनामा दिएका छन्। उनले दीपक

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई

पक्राउमा सरकारको ‘सेलेक्टिभ’ शैली, अनुसन्धान र अभियोजन नै प्रभावित हुने डर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते