२५ युवतीका प्रेमी थिए अनिल « Khabarhub

२५ युवतीका प्रेमी थिए अनिल


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा केही यस्ता प्रेमकथा छन्, जुन कथा सुन्दा मानिसहरु रोमाञ्चित हुन्छन् । अभिनेता अनिल कपूरको प्रेमकथा यस्तै रोचक छ ।

दैनिक जागरणअनुसार उनले २५ युवतीसँग प्रेम गरे र २६ औं युवती सुनीता कपूरलाई आफ्नो श्रीमति बनाए । तर उनले सुनीतालाई त्यति सजिलै आफ्नो श्रीमति बनाउन पाएनन् । दुवैको विवाह भएको ३७ वर्ष पुगिसकेको छ ।

विवाह अघि अनिल कपूरको जीवनमा धेरै युवतीहरु आए । ‘मैले स्कुल जीवनदेखि नै मोजमस्ती सुरु गरिसकेको थिएँ । मलाई पढाईमा ध्यान थिएन । त्यहीकारण म कलेजको क्यान्टिनमा गएर बस्थें । क्यान्टिनमा बसेर ३,४ जना युवतीसँग डेट गरें । त्यसपछि मैले करिब २० देखि २५ जना युवतीलाई प्रेमिका बनाएँ । तर सुनिता नै मेरो जीवनको उत्कृष्ट प्रेमिका थिइन्’, उनले भनेका छन् ।

सुनीताको नम्बर उनको कोही साथीले अनिललाई प्रेंक कल गर्नका लागि दिएका थिए । तर जब अनिलले सुनीतासँग कुरा गरे, सुनीताको स्वरबाट उनी प्रभावित भए । त्यसपछि उनीहरुको भेट एक पार्टीमा भयो र पहिलो नजरमै उनले सुनीतालाई मनपराए ।

त्यसपछि विस्तारै कुराकानी गर्न थाले र सुनीतासँग नजिक हुन पुगे । सन् १९८५ मा अनिलले फिल्म ‘मेरी जंग’मा अभिनयको अवसर पाए । उनले १९८४ मे १७ मा फिल्म साइन गरे । त्यसको भोलिपल्ट सुनीतालाई प्रपोज गरे र पर्सीपल्ट विवाह गरे ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ३ : ३५ बजे

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ – जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि

जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ मा एक अप्रत्याशित नतिजा निकाल्दै

‘इन्जुरी टाइम’को गोलसँगै जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – अतिरिक्त समयतर्फ धकेलिएको खेलको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार १६ गते मंगलबार सन् २०२६