ब्राजिलमा कोरोनाले हालसम्म ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोनाले हालसम्म ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्राजिलमा पछिल्लो २४ घण्टामा कोभिड १९का कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

गत २४ घण्टामा ब्राजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको साओ पाउलो सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ ।विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्राजिल हाल दोस्रो स्थानमा रहेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्राजिलमा संक्रमित भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : ४५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको