निषेधाज्ञाले समस्यामा परहेकाहरुलाई निशुल्क खाना « Khabarhub

निषेधाज्ञाले समस्यामा परहेकाहरुलाई निशुल्क खाना



झापा– निषेधाज्ञाको समयमा समस्यामा परेका तथा अलपत्र सर्वसाधारणलाई झापाको दमकमा निशुल्क खाना खुवाउन थालिएको छ ।

कुनै आम्दानी तथा रोजगारी नभएका र सडकमै जीवन बिताउँदै आएकाहरुलाई लक्षित गरी खाना खुवाउन थालिएको हो ।

गएको जेष्ठ ३१ गतेदेखि पूर्व बस स्टेण्ड आसपासमा उनीहरुलाई खाना खुवाउने गरिएको अभियानलाई संयोजन गर्दै आएका पण्डित कुवेर सुवेदीले जानकारी दिए । यसरी दैनिक खाना खानेको संख्या ५० भन्दा बढि रहेको जनाइएको छ ।

निुशल्क खाना खान आउने मध्ये धेरैजसो सवारी साधन चल्दा मागेर जीवन चलाउनेहरु रहने गरेका छन् । यो अभियानलाई युवाहरुको सिटी बक्स नामको समूहले सहयोग गर्दै आएको छ ।

बुधबार खाना वितरण गर्ने अभियानमा पुगेका नगरप्रमुख रोमनाथ ओलीले संकटका बेला समस्यामा परेका सबैलाई सहयोग गर्नु मानवीय जिम्मेवारी रहेको पनि बताए ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ९ : २९ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत