ललितपुरमा भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै « Khabarhub

ललितपुरमा भोलिबाट ‘भेरोसिल’ खोपको दोस्रो डोज लगाइँदै


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिकाले चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा जेठ ६ गतेदेखि लगाउन शुरु गरिने भएको छ ।

महानगरले सूचना जारी गरी २९ वटै वडामा खोप केन्द्र सञ्चालन गर्ने जानकारी दिएको हो ।

‘प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरी खोप लगाउने व्यवस्था गरेका छौं, खोप लगाउने जाँदा स्वास्थ्य सुरक्षा अपनाएर जान अनुरोध गर्दछु’ महानगर प्रमुख चिरीबाबु महर्जनले भने ।

खोप कार्यक्रम जेठ १३ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।

कस्को कहिले पालो ?

चैत २५ देखि २८ गतेसम्म पहिलो मात्रा खोप लगाएकाले जेठ ६ गते ।
चैत २९ देखि ३१ गतेसम्म पहिलो मात्रा लगाएकाले जेठ ७ गते ।
वैशाख १ देखि ४ सम्म पहिलो पहिलो डोज लगाएकाले जेठ ९ गते ।
वैशाख ५ देखि ९ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ १० गते ।
वैशाख १० देखि १३ गतेसम्म पहिलो डोज लगाएकाको लागि जेठ ११ को मिति तय गरिएको छ ।
यसैगरी वैशाख १४ गते खोप लगाएकालाई जेठ १२ गते वैशाख १५ गते लगाएकाले जेठ १३ गते खोप लगाउन सक्ने छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आफूलाई पायक पर्ने स्थानमा गई स्वास्थ्य सुरक्षा अपनाएर खोप लिन नगरवासीलाई अनुरोध गरेका छन् । खोप लगाउन जाँदा पहिलोपटक खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ०१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब