गण्डकी प्रदेशमा एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा एकैदिन ३३ कोरोना संक्रमितको मृत्यु



पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकीमा एकै दिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

कोरोना संक्रमण भई बुधबार मृत्यु पुष्टि हुनेमा पोखरामा विभिन्न अस्पतालमा उपचाररत ८ जना, स्याङ्गजाका ७ जना, नवलपुरका ५, तनहुँका र म्याग्दीका ५/५ जना र गोरखाका ३ जना छन् । स्वास्थ्य निर्देशनालयको विवरणमा भने नवलपुरमा २ जनाको मृत्यु भएको उल्लेख छ ।

योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५५ पुगेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै, बुधबार नै गण्डकीका थप ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ६९७ जनामा गरिएको नमुना परीक्षणमा थप ६८८ जनामा संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

आज पुष्टि हुनेमा कास्कीका १७६ जना, गोरखाका १२९ जना, नवलपुरका १२८ जना, बाग्लुङका ७० जना, म्याग्दीका ६८ जना तनहुँका ५६ जना छन् ।

यस्तै, पर्वतका २२ जना, मनाङका १३ जना, मुस्ताङका १० जना, स्याङ्गजाका ९ जना र लमजुङका ७ जनालाई पनि संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ६८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६७ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या २० हजार ९६५ पुगेको छ । प्रदेशमा अब ९ हजार २७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

नवलपुरमा एकै दिन पाँच संक्रमितको मृत्यु

पूर्वी नवलपरासी जिल्लामा कोरोना संक्रमणका कारण एकै दिन पाँच जनाको मृत्यु भएको छ ।

कावासोतीका १ जनासहित बुधबार एकै दिन जिल्लाका पाँच जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको प्रमुख केशव चापागाईँले जानकारी दिए ।

योसहित नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । कोरोनाको दोस्रो लहरमा मात्रै बैशाख १ गतेदेखि यता अहिलेसम्म ३० जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

कोरोना संक्रमणबाट मंगलबार बेलुका कावासोती नगरपालिका ३ निवासी ६१ वर्षका निर्माण ब्यवसायी महेन्द्र श्रेष्ठको निधन भएको थियो ।

यस्तै, बुधबार नै नवलपुरमा १ सय १९ जना संक्रमित थपिएका छन् । बुधबार सबैभन्दा बढी कावासोती नगरपालिकामा २९ जना संक्रमित थपिएका छन् ।

यस्तै, देवचुली नगरपालिकामा २६, गैडाकोट नगरपालिकामा २३, मध्यबिन्दु नगरपालिकामा १५, हुप्सेकोट गाउँपालिकामा १३, विनयी त्रिवेणी गाउँपालिकामा १२ र अन्य जिल्लाका १ जना नयाँ संक्रमित थपिएका छन् । योसहित जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको छ ।

बुधबार नवलपुर जिल्लाबाट ९६ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ७ : ३७ बजे

गुन्द्री र पिरामा बसेर जनताको सेवा

झापा– मेचीनगर नगरपालिका–४ को कार्यालय पुग्दा वडाध्यक्ष अर्जुन कार्कीलाई कुर्सीमा

विश्वभर १२ करोड २० लाख मानिस विस्थापित

एजेन्सी – विश्वव्यापी रूपमा आफ्नो घरबाट जबरजस्ती विस्थापित व्यक्तिहरूको सङ्ख्या

अहमदावाद विमान दुर्घटनाप्रति परराष्ट्रमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौं– परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति

नेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका-१४ बस्ने २६ वर्षीय मुकेश कुमार चौधरीको करेन्ट लागेर बिहीबार

कमल थापा भन्छन्- राजावादी आन्दोलन तुहिएको छैन, नयाँ ढंगले अघि बढ्छ

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य