आचारसंहिता उल्लंघन गरेको भन्दै ओलीलाई कारबाही गर्न प्रचण्डको माग « Khabarhub

आचारसंहिता उल्लंघन गरेको भन्दै ओलीलाई कारबाही गर्न प्रचण्डको माग


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गर्न माग गरेका छन् ।

प्रचण्डको सचिवालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मौन अवधिमा सार्वजनिक वक्तव्यमार्फत कुनै उम्मेदवारलाई विजयी गराउन मतदातालाई धम्की दिएको भन्दै कारबाहीका लागि निर्वाचन आयोगसमक्ष माग गरेको हो ।

‘सरकार प्रमुखले नै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन गराउनुको सट्टा कुनै उम्मेदवारको पक्षमा अपिल गर्नु निर्वाचनको आधारभूत सिद्धान्त विपरीत हो’, प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले नेकपा एमालेका मतदातालाई आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन र नदिए क्षम्य नहुने भनी विज्ञप्ति जारी गरेका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : १७ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत