मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : कांग्रेस | Khabarhub Khabarhub

मौन अवधिमा प्रधानमन्त्रीले मत माग्दै वक्तव्य निकाल्नु आपत्तिजनक : कांग्रेस


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ति जनाएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्वाचन आचार संहिता उल्लंघन गर्दै प्रधानमन्त्री ओलीले मौन अवधिमा मत माग्दै वक्तव्य दिएको भन्दै भर्त्सना गरेको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।

उनले निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन गर्ने जो सुकैलाई पनि कारबाही गर्नुपर्छ भन्ने बैठकको ठहर रहेको बताए ।

बामगती प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन बिहीबार हुँदैछ । खाँणले अहिलको अवस्थामा वैकल्पिक सरकार गठनका लागि अन्य दलसँग छलफल गर्न कांग्रेस खुल्ला रहेको धारणा राखे ।

त्यस्तै बैठकले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

नेपालमा कोरोना महामारीको बिषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत विश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भए पनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको तथा भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद भएको खाँडले बताए ।

कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गरेको खाँणले जानकारी दिए ।

बैठकले कोरोना संक्रमण रोकथामका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ ।

त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति पनि बैठकले धन्यवाद दिएको छ । कोरोना महामारीमा अप्ठेरो अवस्थामा परेको क्षेत्रलाई राहत प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

 

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ८ : ३१ बजे

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि