लमजुङ भूकम्प : बुधबार रातिसम्म ४ रेक्टर स्केलमाथिका पाँच परकम्प « Khabarhub

लमजुङ भूकम्प : बुधबार रातिसम्म ४ रेक्टर स्केलमाथिका पाँच परकम्प


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लमजुङमा आज विहान गएको भूकम्प पश्चात चार रेक्टर स्केल माथिको पाँच परकम्प गएको छ ।

मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि पनि परकम्प जाने क्रम रोकिएको छैन ।

पछिल्लो पटक राति १० बजेर ३९ मिनेटमा हिलेटक्सारमा केन्द्रविन्दु भइ ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  उक्त भूकम्प आज बिहान गएको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

भूकम्प गएसँगै स्थानीय त्रसिद बनेका छन् । कोरोना कहरकाबीच भूकम्पले झन त्रास बढाएको उनीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

भूकम्प मापन केन्द्रका अनुसार आज बिहान गएको भूकम्पसहित गरी चार रेक्टर स्केलभन्दा माथिको भूकम्प ६ पटक गएको छ।

बिहान ५ बजेर ४२ मिनेटमा ५.८, ८ बजेर १६ मिनेटमा ४,  ८ बजेर १७ मिनेटमा ४.१ र ८ बजेर २६ बजेटमा ५.३ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ ।

यसैगरी दिउँसो ३ बजेर ८ मिनेटमा ४ र राति १० बजेर ३९ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

जिल्लामा अझै भूकम्पको धक्का पटकपटक महसुस भइरहेको छ । यसअघि साँझ ७ बजेर ३ मिनेट र ७ बजेर २४ मिनेटमा समेत ४ रेक्टर स्केल भन्दा कमको भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ११ : ४१ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक