गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छः सभामुख सापकोटा | Khabarhub Khabarhub

गणतन्त्रको संस्थागत विकासका लागि राष्ट्रिय एकता जरुरी छः सभामुख सापकोटा


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन  भए मात्रै यसको औचित्य स्थापित हुने उल्लेख गरेका छन् ।

शुभकामना सन्देशमा सभामुखले भनेका छन्, “हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कातिर कोभिड–१९ महामारीबाट आक्रान्त छौँ । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नुपर्ने आवश्यकता पैदा भएको छ ।”

उनले संविधानको मर्म र भावनानुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनान्दोलन एवं विभिन्न संघर्षमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  सभामुखले घाइते, अपाङ्गता भएका तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ७ : ४० बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार