कोरोना लाग्नु अघि डीएसपी केसीले लेखेका थिए- कृपया सामाजिक सञ्जालमा श्रद्धाञ्जलि नराख्नुहोस् « Khabarhub

कोरोना लाग्नु अघि डीएसपी केसीले लेखेका थिए- कृपया सामाजिक सञ्जालमा श्रद्धाञ्जलि नराख्नुहोस्


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई कोरोन भाइरस संक्रमण हुनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायव उपरिक्षक (डीएसपी) राजकुमार केसीले आफ्नो फेसबुक स्टाटसमा सामाजिक सञ्जालमा कोरोना संक्रमणमा मृत्यु भएका समाचार र श्रद्धाञ्जलि नराख्नु भनि लेखेका थिए ।

उनले लेखेका थिए, ‘कृपया केही समयका लागि कसैले पनि सामाजिक सञ्जालमा मृत्युको समाचार/श्रद्धाञ्जलि नराख्नुहोस्, राखेको भएपनि हटाउनुहोस् यसले विरामी/विरामीको परिवारमा नकरात्मक भाव पैदा गरि आत्मबल घटाउने काम गर्दछ ।’

लगत्तै उनलाई कारोना भाइरस संक्रमण भयो । त्यसको २ साता पछि बुधबार राति उनको निधन भयो । नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको बुधबार राति महराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका केसी प्रहरी संगठन भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ९ : ५० बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २