जब शववाहन चालकले आनाकानी गरे… « Khabarhub

जब शववाहन चालकले आनाकानी गरे…



काठमाडौँ– ‘चालकले संक्रमित महिलाको शव घाटसम्म लैजान नमानेपछि चावी मागेँ र शववाहन हाँकेर घाटसम्म पुर्‍याएँ ।’

यो भनाइ हो हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाको ।

सर्लाहीस्थित हरिवन नगरपालिकाको कोभिड अस्पतालमा ५५ वर्षीया शोभा भट्टराईको मङ्गलबार मृत्यु भयो ।

शववाहनका चालक घाट जान मानेनन् अनि कोभिड अस्पताल रहेको वडा नम्बर ११ का वडा अध्यक्ष रेजा आफैँ अघि सरे । शोभा लालबन्दी नगरपालिकाको एक क्लिनिकमा कार्यरत थिइन् । उनलाई गत वैशाख ३१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

होम आइसोलेसनमा बसेकी शोभालाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार राति ९ बजे उनी कोभिड अस्पताल पुर्‍याइएकी थिइन् ।

‘संक्रमित महिलाको मृत्यु भयो भनेर मलाई अस्पतालबाट फोन आयो,’ वडा अध्यक्ष रेजाले खबरहबसँग भने, ‘मेयर साब र सेनालाई जानकारी गराएँ । सेनाले शववाहन व्यवस्था गरिदिनुस् भन्यो ।’

वडा अध्यक्षले तत्काल शववाहन चालकलाई अस्पताल बोलाउ फोन गर्दै घटना जानकारी गराए । उनका अनुसार चालकले आनाकानी गर्दै ‘संक्रमणको डर छ, मलाई अलि सन्चो पनि छैन’ भने । वडाअध्यक्षले चालकलाई ‘म शववाहन लिन त्यहीँ आउँछु, चाबी ठिक पारेर राख्नू’ भने ।

लगत्तै उनले कार्यालयमा रहेको एक थान पीपीई सेट लगाए, हातमा पञ्जा लगाए र मेयरलाई जानकारी गराएर शववाहन लिन चालकको घर पुगे ।

चाबी लिएँ गाडी हुइक्याएँ र मेयर साबलाई सोधेँ, ‘चालक आउन मानेनन् शव के गर्ने ?’

स्थानीय समस्या हामीले नै समाधान गर्नुपर्छ भन्ने हौसला मेयरले दिए । सेनाका केही जवानहरूले शव उठाएर गाडीमा राखे । वडाअध्यक्ष रेजा आफैँ शववाहन चलाएर अस्पातलबाट ९ किलोमिटर पर बाग्मती किनारमा पुगे ।

उनले भने, ‘संक्रमितको शव लिएर जाँदा अलिकति पनि डर लागेन । बरु मनोबल उच्च राख्दै गर्व महसुर गरेँ ।’ विश्व नै संक्रमणमा गुज्रिएको अवस्थामा सबै तहका जनप्रतिनिधिले आफूलाई सुरक्षित राख्दै खटेर काम गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘हामीले नै बेवास्ता गर्‍यौँ भने जनताको अवस्था के हुन्छ ! आआफ्नो दायित्व सम्झेर आआफ्नो ठाउँबाट सहयोग गरौँ ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ४७ बजे

‘बर्न’ उपचार केन्द्र विस्तार गर्न  प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट