प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्दै कांग्रेसले दियो उजुरी « Khabarhub

प्रधानमन्त्रीलाई कारबाही गर्न माग गर्दै कांग्रेसले दियो उजुरी


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको माग गरेको छ ।

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो ।

राष्ट्रियसभा उपनिर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।

कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार आयोगमा उजुरी दर्ता गराएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रियसभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापालाई मत मागेका थिए।

यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि बुधबार साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : २६ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२