राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : बादललाई हराउँदै देवकोटा विजयी | Khabarhub Khabarhub

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : बादललाई हराउँदै देवकोटा विजयी


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

मतभार १८ रहेको स्थानीय तहतर्फ देवकोटाले २ हजार ३ सय ४ र ४८ मतभार रहेको प्रदेशसभा सदस्यतर्फ २ हजार ७ सय ८४ मत प्राप्त गरे ।

यसको अर्थ उनलाई स्थानीय तहका प्रमुख उपप्रमुख १ सय २८ र ५८ जना प्रदेशसभा सदस्यले मत दिए ।

उनका निकटतम प्रतिस्पर्धी बादलले कूल ४ हजार १४ मतभार प्राप्त गरे । स्थानीय तहतर्फ १ हजार ८ सय ५४ र प्रदेशसभा सदस्य तर्फबाट २ हजार १ सय ६० मत उनलाई खस्यो। उनलाई स्थानीय तहका प्रमुख, उपप्रमुख १ सय ३ र ४५ जना प्रदेशसभा सदस्यले मत दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ र प्रदेशसभा सदस्यतर्फ २ गरी कूल १ सय ३२ मतभार प्राप्त गरे। कूल ३ सय ४७ जना मतदाता रहेकोमा कूल ३ सय ३८ मत खसेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : २९ बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला