माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा शंकास्पद ७ पक्राउ « Khabarhub

माओवादी नेता पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा शंकास्पद ७ पक्राउ



कपिलवस्तु– कपिलवस्तुमा माओवादी केन्द्रका नेता दीपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले शंकास्पद ७ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका १ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताए । गएराति कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका थिए ।

गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते भएका हुन ।

उनीहरुको युनिभर्सल भेडिकल कजेल भैरहवामा उपचार भएरहेको छ । पाण्डेयको बाँया कोखामा र पेटमा गोली लागेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : ४४ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,