देशभर ८ हजार ३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु | Khabarhub Khabarhub

देशभर ८ हजार ३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६९५ जनाको पीसीआर परीक्षणमा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८ जना गरी कुल ८ हजार ३०५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । यसअघि हिजो नेपालमा ८ हजार १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ उपत्यकामा थपिए ३ हजार २३२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँमा २ हजार ६०० जना, भक्तपुरमा २२९ जना र ललितपुरमा ४०३ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा २ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुन उमेर समूहमा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १ हजार ९३२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २२७
१०-१९ वर्ष – ५२९
२०-२९ वर्ष – १८१८
३०-३९ वर्ष – १९३२
४०-४९ वर्ष – १४१५
५०-५९ वर्ष – ११७०
६०-६९ वर्ष – ६६४
७०-७९ वर्ष – ३०३
८०-८९ वर्ष – ११२
९०-१०० वर्ष- २७
अज्ञात – ३०

कहाँ कति संक्रमित थपिए ? 

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा २४, ओखलढुंगामा ७९, खोटाङमा २४, झापामा ६४, ताप्लेजुङमा ८, तेह्रथुम २, धनकुटामा ४४, पाँचथर ६, भोजपुरमा १७, मोरङमा ४५०, संखुवासभामा १४, सोलुखुम्बु ५ र सुनसरी १२९ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १९५, पर्सामा ४५, बारामा २५, महोत्तरीमा १११, रौतहटमा ३१, सप्तरीमा ७२, सर्लाहीमा २८ र सिरहामा २७ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ६०० जनामा कोरोना भेटिएको छ। काभ्रेमा १२५, चितवनमा १००, दोलखामा ६७, धादिङमा ५६, नुवाकोटमा २५, भक्तपुरमा २२९, मकवानपुरमा १३, रामेछापमा ४, ललितपुरमा ४०३, सिन्धुपाल्चोकमा ९ र सिन्धुली ४६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २०१, गोरखामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वत २०, मुस्ताङ १, म्याग्दी ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्यूठानमा ४, बर्दियाका २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५१० र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्ला १७, दैलेखमा ४४, रुकुम पश्चिममा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटी ३७, दार्चुला ३५, बाजुरा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

खामा १२, तनहुँमा ६०, नवलपरासी पूर्वमा ६, पर्वत २०, मुस्ताङ १, म्याग्दी ३३, लमजुङमा ४, बागलुङमा ७ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३०, कपिलवस्तुमा ९४, गुल्मीमा ३२, दाङमा २४५, नवलपरासीमा ९५, पाल्पामा १३६, प्यूठानमा ४, बर्दियाका २०८, बाँकेमा ३०९, रुपन्देहीमा ५१० र रोल्पामा ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २२, जाजरकोटमा १७, जुम्ला १७, दैलेखमा ४४, रुकुम पश्चिममा ३, सल्यानमा ८२, सुर्खेतमा ३०० र हुम्लामा ३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९४, कञ्चनपुरमा १०५, कैलालीमा २६०, डडेल्धुरामा ३८, डोटी ३७, दार्चुला ३५, बाजुरा २ र बैतडीमा ६१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

५८ जिल्ला ‘रेड जोन’मा

नेपालका ५८ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ५८ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।

जसमध्ये ४४ जिल्लामा पाँच सयभन्दा बढी र अन्य १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट, सप्तरी, सिराहा, र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप र सिन्धुली पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ र स्याङ्जा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, अर्घाखाँची, नवलपरासी पश्चिम, गुल्मी र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै कर्णाली प्रदेशको सल्यान, सुर्खेत र दैलेख तथा सुदुरपश्चिम प्रदेशको डडेल्धुरा कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछाम पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यी हुन् २०० बढी सक्रिय संक्रमित रहेका जिल्ला

मन्त्रालयका अनुसार प्रदेश १ को ताप्लेजुङ, उदयपुर, धनकुटा, ओखलढुंगा र संखुवासभा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ को सर्लाहीमा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको दोलखा र रसुवामा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशको पर्वत, म्याग्दी र लमजुङ पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको रोल्पा दुई सय बढी संक्रमित रहेका छन्।

कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२ हजार २४० संक्रमित आईसीयू र भेन्टिलेटरमा 

मन्त्रालयका अनुसार २ हजार २ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ७४८ कोरोना संक्रमितको आईसीयूमा र ४९२ को भेन्टिलेटरमा गरी कुल २ हजार २४० जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९१ जना आईसीयूमा र ५६ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा २२५ आईसीयूमा र ५१ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ९४० जना आईसीयूमा र ३१४ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १३३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १५३ जना आईसीयूमा र १५ जना भेन्टिलेटरमा, कर्णालीमा ५९ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

२४ घण्टामा ६ हजार ५४३ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ५४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६६ हाजर ९४६ पुगेको छ ।

थप १९० जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १९० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ५ : ५५ बजे

नेपालको बिजुली बंगलादेश निर्यातको तयारी, त्रिपक्षीय सम्झौतामा आज हस्ताक्षर हुँदै

काठमाडौं– लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने

बाढीपहिरो अपडेट : अहिलेसम्म २३३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं– यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको

नवरात्रमा कुन दिन कुन देवीको पूजा गर्ने ?

काठमाडौं– आजबाट दुर्गापक्ष प्रारम्भ भएको छ। हरेक वर्ष आश्विन शुक्ल

वैकल्पिक ट्रयाक खोलेर मन्थली-काठमाडौँ आवतजावत

रामेछाप – मन्थलीबाट दोलखाको किर्नेटार-चरिकोट हुँदै काठमाडौँसम्मका लागि सडकमार्गको आवागमन

देशभर मनसुनी वायुको प्रभाव : कोशी र बागमतीमा भारी वर्षा

काठमाडौं – देशभर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परिरहेको