११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत | Khabarhub Khabarhub

११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त भएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो ।

शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ८ : ४५ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍  

देउसी–भैलोबाट सङ्कलित रकम सामाजिक काममा

भोजपुर– भोजपुरका एक युवाहरूको समूहले देखाएको सामाजिक जागरण र समर्पण

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच

अबको बाटो: राजनीतिक पुनर्जागरण-पुनर्निर्माण

मन अमिलो पारेर लेख्नुपर्दा देशको गन्तव्य अन्योलग्रस्त अवस्थामा छ ।

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्