जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस « Khabarhub

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउने तयारी गरेका थिए ।

बिहीवारको बैठकमा ओलीले विश्वासको मत नलिई धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय सुनाएका थिए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिई अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने बहस हुँदै आएको थियो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुन आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएका बताए ।

संसदको अधिवेशन बोलाउन सिफारिस गरेपनि बजेट कसरी ल्याउने भन्ने अन्योल कायमै रहेको देखिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ५२ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,