सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित : प्रभु साह « Khabarhub

सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित : प्रभु साह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान मन्त्री प्रभु शाहले सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित भएको बताएका छन् ।

नेपालको संविधानमा प्रत्यक्ष सांसदको पद रिक्त भएमा ६ महीना भित्र उप निर्वाचन गराउनै पर्ने र ग़ैर सांसद मन्त्री भएमा मन्त्रीको शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य हुनै पर्ने स्पष्ट संवैधानिक व्यवस्थाका बावजुद आज सर्वोच्च अदालतले जुन अन्तरिम आदेश दिएको छ, त्यो संविधानको मर्म/भावना विपरित भएको बताएका छन् ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद रिक्त भएमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थाहरुलाई नजरअन्दाज गर्दै अदालतले ७ जना मन्त्रीहरुको हकमा लागू हुनेगरी “मन्त्रीको हैसियतमा कुनैपनि काम नगर्नू, न गराउनू” भनी दिएको अन्तरिम आदेश त्रुटीपूर्ण रहेको बताएका छन् ।

उनले आगामी दिनमा सर्वोच्च अदालतले यस्ता त्रुटीहरु सच्याउने आफूले विश्वास लिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ५३ बजे

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५

प्रविधि कम्पनीको सेयर मूल्य बढ्दा अमेरिकी बजारमा सुधार

न्युयोर्क– प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा वृद्धि भएपछि शुक्रबार अमेरिकी सेयर

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको