कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग | Khabarhub Khabarhub

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।

महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरूले कोरोना भाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरू, उपकरण तथा औषधि पठाएका हुन् ।

सहयोग गर्ने देशहरूमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

ती सहयोग सामग्रीहरू भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौँको मृत्यु हुने गरेको छ भने लाखौं सङ्क्रमित हुने गरेका छन् ।

भारतमा बिहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ५५ बजे

देशभर धमाधम रोपाइँ जारी

काठमाडौं– समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर सङ्कलन

मनाङ– विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ

ट्रम्पको बोलीले कोट्याइएको जापानीको ८० वर्ष पुरानो घाउ

सन् १९४५ को अगस्टमा अमेरिकाले जापानको दुई सहरमा गरेको एटम

वीर गणेशमान ‘१० के’ रोड रेसको उपाधि सेनाका राजन र धादिङकी सन्तोषीलाई 

काठमाडौं– पाँचौँ वीर गणेशमान सिंह १० किलोमिटर (१० के) सडक

रामकृष्ण ढकालको फिल्म ‘मालती मंगले’मा वर्षा र विजय फाइनल

काठमाडौं – गायक रामकृष्ण ढकाल निर्माता रहने भनिएको फिल्म ‘मालती