श्रीलंकामा मे अन्त्यसम्म विदेशी नागरिकलाई प्रवेश निषेध « Khabarhub

श्रीलंकामा मे अन्त्यसम्म विदेशी नागरिकलाई प्रवेश निषेध


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलङ्काले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को सङ्क्रमण वृद्धिलाई रोक्न तथा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ ।

प्राधिकरणको विज्ञीप्तमा भनिएको छ, “कोभिड–१९ कारण देशको स्थिति नियन्त्रण गर्न श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले २१ मे को ११ : ५९ मिनेटपछि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न दिने छैनन् ।”

यद्यपि यदि कुनै मुलुकको विमान श्रीलंकाको एयरपोर्टबाट अवतरणको १२ घण्टा भित्र उडान गर्नेगरी प्रयोग गर्न चाहेमा यात्रुहरूको ट्रान्जिटका लागि भने उक्त देशका विमानस्थल खुला रहनेछन् । यसबाहेक श्रीलङ्काबाट अन्तर्राष्ट्रिय उडानहरू भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानहरूको आगमनलाई पनि अनुमति दिइएको छ ।

श्रीलंका कोभिड–१९ महामारीको तेस्रो लहरको सामना गरिरहेको छ । श्रीलं‌कामा हालसम्म एक लाख ५१ हजार व्यक्ति सङ्क्रमित भएका छन् । जसमध्ये एक हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

बुधवार श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा बढी तीन हजार ६२३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएपछि सरकारले यो कदम चालेको हो । (रासस/एएनआई)

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ३२ बजे

आजका समाचार : परराष्ट्रमन्त्री दिल्लीमा व्यस्त, रास्वपाको जिल्ला अधिवेशन सुरु र मध्यपूर्वमा तनाव जारी

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनालपरराष्ट्रमन्त्री

पोखरा बसपार्क आसपासका घर टहरा खाली गरिँदै (तस्बिरहरू) 

काठमाडौं- पोखरा महानगरपालिकाले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा

प्रचण्डको भनाइ स्मरण गर्दै रास्वपा सचेतक परियार भन्छन्- भुइँमा न भाँडोमा हुने छुट छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले रास्वपा

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा भारतीय

इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँग अझै पनि करिब