‘ताउ ते’ चक्रवातको प्रभाव : आज पनि मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना « Khabarhub

‘ताउ ते’ चक्रवातको प्रभाव : आज पनि मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गए पनि मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाले  सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति : प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक वदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ९ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र कर्णालीमा आंशिक बदली रहि बाँकि प्रदेशका मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १ लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ३३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको