‘ताउ ते’ चक्रवातको प्रभाव : आज पनि मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना « Khabarhub

‘ताउ ते’ चक्रवातको प्रभाव : आज पनि मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले भारतमा देखिएको चक्रवात ‘ताउ ते’को प्रभाव विस्तारै कम हुँदै गए पनि मुलुकका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

देशका धेरैजसो भूभागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति भने देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाले  सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको र उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपात/ वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

२०७८ जेठ ७ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश न १ का केही स्थानहरु र लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश न २ र प्रदेश न १ का एक/दुइ स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति : प्रदेश १ र प्रदेश २ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र अन्य भू-भागमा सामान्यतय सफा रहनेछ । प्रदेश १ र प्रदेश २ लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ८ गते (शनिबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली र अन्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक वदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ जेठ ९ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र कर्णालीमा आंशिक बदली रहि बाँकि प्रदेशका मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १ लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ३३ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई

सहकारीको बेथितिसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं– सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

‘प्रधानमन्त्री काममा व्यस्त हुनुहुन्छ, बोल्नुपर्ने ठाउँमा बोल्नुहुन्छ’

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहको

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा

धानको न्यूनतम समर्थन मूल्य : मोटो प्रतिक्विन्टल ३६६० र मध्यम ३८६० रुपैयाँ

काठमाडौं– सरकारले आगामी आर्थिक बर्षका लागि धानको न्यूनतम समर्थन मूल्य