आर्सेनिक बढी भएको पानीबाट लाग्छन यस्ता रोग, कसरी बच्ने ? « Khabarhub

आर्सेनिक बढी भएको पानीबाट लाग्छन यस्ता रोग, कसरी बच्ने ?


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्सेनिक कुनै नयाँ बस्तु होइन । परापूर्व कालदेखि नै विभिन्न कामको लागि प्रयोग गरिँदै आएको रासायनिक तत्व नै आर्सेनिक हो । यसलाई न आँखाले देख्न सकिन्छ न त यसको कुनै रंग, स्वाद वा गन्ध नै हुन्छ ।

त्यसैले पानीमा आर्सेनिक मिसिएको छ भने पनि हेरेर, सुँघेर वा चाखेर थाहा पाउन सकिँदैन । पानी, खाना वा अन्य माध्यमबाट शरीर भित्र धेरै मात्रामा आर्सेनिक गएमा भने यसले स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ ।

आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ । विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ ।

हजारौं वर्षअघि आर्सेनिक मिसिएका चट्टानहरु हिमालय तथा अन्य अग्ला भू–भागहरुबाट पानीको माध्यमद्वारा खिइदै बालुका, गिट्टी, माटोसँग मिसिदै समथर भूभागमा जम्मा भएको भूगर्भविद्हरुको भनाइ छ । भारतको पश्चिम बंगाल, बंगलादेश, एवं नेपालको तराईका भागमा पनि यही प्रकृयाबाट आर्सेनिक बनेको बताइन्छ ।

त्यस्ता भू–भागको जमिन मुनिको पानीमा विभिन्न रसायनिक प्रकृयाद्वारा आर्सेनिक मिसिन पुग्छ । त्यसकारण जमिनमुनीको पानीमा आर्सेनिक भेटिने गर्दछ ।

आर्सेनिकको प्रमुख स्रोत प्रकृतिक नै भए तापनि विभिन्न मानवीय क्रियाकलापहरुबाट पनि वातावरणमा आर्सेनिक प्रदुषण बढिरहेको हुन्छ ।

यस्तै रासायनिक मल, काठ रङ्याउने विभिन्न रङ्गहरु उत्पादन गर्दा, किटनाशक औषधि प्रयोग गर्दा वातावरणमा आर्सेनिक बढिरहेको हुन्छ ।

स्वास्थ्यमा पर्ने असर

– आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदा निको नहुने प्रकारका दीर्घ रोगहरु लाग्न सक्छ तर यसमा पनि मुख्यतः आर्सेनिकको मिसावट दरमा निकै भर पर्दछ ।

– जिवाणु अर्थात फोहोर मिसिएको पानी पिउँदा तुरुन्तै सरुवा रोगहरु तथा पानीजन्य रोगहरु जस्तै झाडापखाला, टाइफाइड जन्य रोगहरु लाग्न सक्छ । जसले मानिसको मृत्यु नै हुने जोखिम रहन्छ ।

– दुषित पानी पिउनुको सट्टा आर्सेनिकयुक्त पानी पिउँदा तुलनात्मक रुपमा स्वस्थ्यलाई कम असर पर्न सक्छ । यसकारण आफ्नो घरको वा नजिकको धारा तथा ट्युवेवेलको पानीमा आर्सेनिक मिसिएको छ भन्दैमा जिवाणुबाट दुषित अन्य पानीका स्रोतहरु खोला, पोखरीको पानी प्रायोग गर्नु हुँदैन ।

आर्सेनिकबाट लाग्ने रोग र बच्ने उपाय

– आर्सेनिकको पहिलो चरणबाट ग्रसित बिरामीहरुले यो समस्याबाट बच्न आर्सेनिकरहित पानी पिउनु नै सबैभन्दा उत्तम उपाय हो ।

– आर्सेनिक मिसावट तथा दुषित नभएका तथा हुने कम सम्भावना भएका स्रोतहरु जस्तै आकासको पानी, मुल, डिप ट्युववेलको पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

– यी नयाँ स्रोतहरु प्रयोग गर्दा पनि पानी उमालेर पिउँदा पानीबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

– स्थायी उपायको निम्ति आफ्नो गाउँ वरपरका सम्पूर्ण ट्युववेलहरुको परीक्षण गरी आर्सेनिक रहित ट्यूववेलको पानी पिउन तथा खाना पकाउन प्रयोग गर्न सकेमा आर्सेनिकबाट बच्न सकिन्छ ।

– भिटामिनहरु तथा पोषणयुक्त खाना खाएमा यसका लक्षणहरु हराउँदै जान सक्छन् । तर दोस्रो वा तेस्रो चरणमा पुगेका रोगहरुलाई भने पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ ।

– आर्सेनिकबाट प्रभावित व्यक्तिहरुले पोषणयुक्त खाना तथा नियमित रुपमा व्यायाम गर्ने, चुरोट, रक्सी जस्ता अम्मल पदार्थ नखाने स्वस्थ बानी अपनाउनुपर्छ ।

– आफूले प्रयोग गर्ने पानीको स्रोतमा आर्सेनिकको मात्रा जाँच गर्नुपर्छ ।

– आर्सेनिकोसिसको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : २८ बजे

ट्रम्प मार्च अन्तिममा चीन जाने

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्ने भएका छन्

नवलपरासी पूर्वमा नमुना मतदान अभ्यास

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यही फागुन २१ गते हुने प्रतिनिधिसभा

आजका समाचार : दलको घरदैलो तीव्र, रास्वापाले चुनाव भाँड्न खोजेको एमालेको आरोप, रौतहटमा झडप र एआई सम्मेलन निष्कर्षविहीन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

गण्डकी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति