एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा | Khabarhub Khabarhub

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग बराबरी खेलेकाे छ ।

थाइल्याण्डको चोनबुरी स्टेडियममा आज भएको समूह एफअन्तर्गतको खेलमा नेपाल र तुर्कमेनिस्तानबीचको खेल गोलरहित बराबरीमा सकियो ।

यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् । यस बराबरी खेलसँगै नेपालको एएफसी महिला यू–१७ एसियन कप फुटबलमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

नेपालले अब समूहको दोस्रो खेल यही असोज ३१ गते थाइल्याण्डसँग खेल्नेछ । थाइल्याण्डले पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

थाइल्याण्ड तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । त्यसैगरी एक अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ भने दुई खेल खेलिसकेको तुर्कमेनिस्तानको एक अङ्क मात्र छ । तुर्कमेनिस्तान छनोटबाट बाहिरिसकेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ११ : १४ बजे

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश

फर्जी शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा शिक्षिकाविरुद्ध मुद्दा 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री